2026/08/25

यी हुन् मन्त्रिपरिषद बैठकका ६ निर्णयहरू

Admin
Admin

२०८२-०९-२८

328
Shares
यी हुन् मन्त्रिपरिषद बैठकका ६ निर्णयहरू

पुष २८, २०८२

काठमाडौं : सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए।

बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८२ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। यसैगरी बैठकले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद  भण्डारीलाई तोक्ने निर्णय भएको छ। बैठकले माघ ४ गते  बिहान ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

328
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja