2026/04/17

दार्चुलाका दुई र बझाङको एक मतदानस्थलमा आएनन् मतदाता

Admin

२०८२-११-२१

100
Shares

फाल्गुन २१, २०८२— देशैभर बिहानेदेखि मतदान सुरु भए पनि दार्चुलाका दुईवटा र बझाङको एक मतदान केन्द्रमा मतदाताहरु भोट हाल्न आएका छैनन् । मतदान सुरु भइसकेको करिब डेढ घन्टा बितिसक्दा पनि उक्त क्षेत्रहरुमा मतदान गर्न मतदाता नआएका हुन् । 

दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झाक्सु र बझाङको तालकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रमा मतदाता नआएका हुन् । 

कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा उपस्थित भए पनि मतदाता नआएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्ले र सशस्त्र प्रहरीका प्रवक्ता विष्णु भट्टका अनुसार देशभर शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको सुरक्षा अधिकारीले बताएका छन् ।

100
Shares

©News Kunja 2021-2026. All rights reserved.