2026/10/27

चक्रवात ‘अर्णव’को प्रभावले शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना

Admin
Admin

२०८३-०७-११

5
Shares
चक्रवात ‘अर्णव’को प्रभावले शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना

काठमाडौं — बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालका विभिन्न प्रदेशमा शुक्रबार र शनिबार भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा देखिन थाल्नेछ । शुक्रबार र शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । उक्त प्रणाली बुधबार भारतको आन्ध्र प्रदेशस्थित बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ । चक्रवातको प्रभावका कारण नेपालको मौसममा बदलाव आउने अनुमान गरिएको हो ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभागले पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक जनजीवन र कृषि कार्य प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि अनुरोध गरिएको छ ।

धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर कृषि कार्य गर्न विभागले सुझाव दिएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ ।

यस अवधिमा उच्च हिमाली क्षेत्रमा भ्रमण गर्ने योजना बनाएका पर्यटकलाई सतर्क रहन तथा गन्तव्यमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न विभागले आग्रह गरेको छ । वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने र चिसोसमेत बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ ।

बंगालको खाडीको पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यू

5
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja