2026/10/27

गगन थापा भन्छन् : ‘डेमोक्रेसी पनि जोगाउँछौँ, डेलिभरी पनि दिन्छौँ’

Admin
Admin

२०८३-०७-११

6
Shares
गगन थापा भन्छन् : ‘डेमोक्रेसी पनि जोगाउँछौँ, डेलिभरी पनि दिन्छौँ’

 

थापाले पछिल्ला निर्वाचनमा कांग्रेसबाट टाढिएका दुई लाखभन्दा बढी परम्परागत मतदाता र तिनका परिवारसँग संवाद गर्न मंसिर महिनाभर देशभरका वडा तथा टोलमा अभियान सञ्चालन गर्ने प्रस्ताव पनि गरे ।

उनका अनुसार अभियानमार्फत कांग्रेस छाड्नुका कारण, मतदाताका गुनासा र उनीहरूले उठाएका प्रश्न सुन्नुपर्छ । पार्टीले विगतका कमजोरी सच्याउँदै मतदाताको विश्वास पुनः प्राप्त गर्नुपर्ने उनको भनाइ थियो ।

‘हामी उसको घरमै जानुपर्छ, भेट्नुपर्छ र उसका कुरा सुन्नुपर्छ । उसले कांग्रेस छोड्नुको गुनासो सुन्ने र उसका प्रत्येक प्रश्नको जवाफ दिने तागत आजको कांग्रेसले राख्छ,’ थापाले भने ।

कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्नुका साथै जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो ।

6
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja