2026/04/18

एशिया कपमा शतक प्रहार गर्नेलाई एक लाख दिने शुक्लाफाँटाको निर्णय

Admin

२०८०-०५-१८

434
Shares

महेन्द्रनगर (कञ्चनपुर)  

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक÷एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

434
Shares

©News Kunja 2021-2026. All rights reserved.