2026/08/24

क्रिकेटको विश्वकप तय गरेका खेलाडीलाई क्यानको ५० लाख पुरस्कार

Admin
Admin

२०८०-०७-२०

534
Shares
क्रिकेटको विश्वकप तय गरेका खेलाडीलाई क्यानको ५० लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनौट हुन सफल नेपाली टोलीलाई ५० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

आज बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन् २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा सञ्चालन हुने आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा सहभागिताका लागि छनौट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । 

त्यस्तै, हालै मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप जितेर एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने क्यानको निर्णय छ ।

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja